कम्प्युटर सम्बन्धि गुणस्तरिय तालिम अब जोरपाटीमै, बोना फर्चुना आई टि सेन्टर संचालनको तयारीमा
कम्प्युटर, आई टि र डिजिटल मार्केटिंग सम्बन्धि गुणस्तरिय तालिम प्रदान गर्ने उद्देश्य लिएर स्थापना भएको बोना फर्चुना आई टि एजुकेशन सेन्टरले यही श्रावण १५ गते देखि काठमाडौँको जोरपाटीमा आफ्नो सेवा संचालन गर्ने भएको छ। कम्प्युटर सम्बन्धि गुणस्तरिय तालिम लिन टाढा जानु पर्ने समस्यालाई मध्यनजर गर्दै बोना फर्चुनाले जोरपाटीमै अनुभवी एवंम दक्ष शिक्षकबाट बिद्यार्थीहरुलाई Basic Computer Course, Advance Computer Course र SEO Course (Digital Marketing) को तालिम प्रदान गर्ने भएको छ। यसका साथसाथै बोना फर्चुनाले बिद्यार्थीहरुका लागि बिशेष छुटको पनि व्यवस्था गरेको छ। फर्चुना आई टि एजुकेशन सेन्टरका प्रबन्ध निर्देशक आदरणीय प्रकाश अधिकारीज्युका अनुसार प्रथम नाम दर्ता गर्ने दशजना बिद्यार्थीलाई नि:शुल्क तालिम
(Basic + SEO) र बाकि २० जनालाई ५०% छुट(Basic + Advance)को पनि व्यवस्था मिलाइएको छ। "
हाम्रो मुख्य लक्ष्य भनेको नेपालका हरेक युवाहरुलाई प्रविधिमा सबल अनि दक्ष्य बनाएर विश्वमा नेपाललाई बिकसित मुलुकहरुको दाँजोको उभ्याउनु हो र यसको लागि बोना फर्चुना सधै तत्पर रहने छ। " फर्चुना आई टि एजुकेशन सेन्टरका प्रबन्ध निर्देशक आदरणीय प्रकाश अधिकारीज्युले बताउनु भयो।